चितवन । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका ६ कि ६० वर्षीया चिजा सार्कीको मृत्यु भएको हो ।
मध्यवर्ती क्षेत्रमा पर्ने डुमरिया पोष्ट नजिक तीन जनाको समूह घाँस लिन गएका बेला बाघले आक्रमण गरेको हो । अन्य दुई जना सकुशल रहेका छन् । बाघले आक्रमण गरेपछि मृतकको शव नजिकै बसेकोले निकुञ्जबाट हात्तीसहितको उद्दार टोलीले शव निकालेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा बाघको गणना हुँदै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
बाघको आक्रमणबाट वृद्धको मृत्यु
गत वर्ष रोकिएको बाघ गणना आगामी पुस १ गतेदेखि
४ जनाको ज्यान लिने बाघ ‘डार्ट’ हानेर नियन्त्रण