प्रतिनिधिसभाको बैठक स्थगित

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १३ : ५५
प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक अकस्मात स्थगित भएको छ ।

आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो ।

सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया दिनुहोस