मानसिक स्वास्थ्य समस्या भएकी एक महिलाको उद्धार

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, १३ : ०५
मानसिक स्वास्थ्य समस्या भएकी एक महिलाको उद्धार

काठमाडौं । चन्दननाथ नगरपालिकाको महिला शाखा, तातोपनी गाउँपालिका, स्थानीय प्रशासन र ओसी एमसीले मानसिक स्वास्थ्य समस्या भएकी जुम्लाकी एक महिलाको उद्धार भएको छ ।

करिब एक दशकदेखि मानसिक स्वास्थ्य समस्या भएकी तातोपानी गाउँपालिका(३ लिताकोटकी ३५ वर्षीया लाउरी रोकायाको उद्धार गरिएको हो । उनी सडकमै बस्दै आएकी थिइन । जिल्ला प्रशासन कार्याल, तातोपानी गाउँपलिका, चन्दननाथ नगरको महिला शाखा र ओसी एमसीको सहयोगमा उद्धार गरी उनलाई कर्णाली प्रदेशको मानव सेवा आश्रममा पठाइएको छ ।

आर्थिक अभाव र आफन्त कोही नभएकाले उनको दैनिकी सडकमै बितिरहेको थियो । चन्दननाथ नगरपालिको महिला शाखामा कार्यरत पुष्पा थापा र जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईको पहलमा उनलाई कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको ओसीएमसीले एक महिना १२ दिनसम्म निस्शुल्क उपचार गरेको थियो । उपचारपछि उनको स्वास्ठथ्यमा केही सुधार भएको छ । समयमै औषधि खुवाउने मान्छे नभएकाले दीर्घकालिकन व्यवस्थापानको लागि मानवसेवमा आश्रममा पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस