जिका भाइरसको परीक्षण अब नेपालमै हुने

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, १५ : १३
जिका भाइरसको परीक्षण अब नेपालमै हुने

काठमाडौं । लामखुट्टेबाट मानिसमा सर्ने जिका भाइरसको परीक्षण अब नेपालमै हुने भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उक्त भाइरसको परीक्षण सुरु गरेको हो । प्रयोगशालामा आजदेखि जिकासँगै चिकनगुनिया र डेंगु भाइरसको पनि पिसिआर परीक्षण सुरु भएको छ ।

जनस्वास्थ्य प्रयोजनका लागि हाललाई परीक्षण निःशुल्क रुपमा सञ्चालन गरिने प्रयोगशालाकी निर्देशक डा।रुणा झाले जानकारी दिइन् । डेंगु भाइरस सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे मुलुकका सबै जिल्लामा देखिएको छ ।

ती लामखुट्टेले जिका भाइरस तथा चिकनगुनियासमेत सार्न सक्ने विज्ञहरुले बताएका छन् । नेपालमा अहिलेसम्म डेंगु र चिकनगुनिया देखिए पनि जिका भाइरस देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस