काठमाडौंको बलम्बुमा किशोरको शव फेला

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, १२ : ३४
काठमाडौंको बलम्बुमा किशोरको शव फेला

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा १ जना किशोरको शव भेटिएको छ । चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा १४ बर्षीय अनीश रावतको शव भेटिएको महानरीय अपराध महाशाखाका एसएसपी बसन्त कुवँरले जानकारी दिए । 

रावत सोमबार दिउँसो ४ बजे घरबाट निस्केका थिए । उनि स्थानिय सगरमाथा बोडिङ् स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए । अनीश लागूऔषध सेवनकर्ता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस