काठमाडौं । इजरायलले नेपालबाट साना किसान, कृषि सहकारी संस्थाका सदस्यका छोराछोरीलाई कृषि अध्ययनका लागि लैजाने प्रतिबद्धता जनाएको छ।
साना किसान लघुवित्त वित्तीय संस्था तथा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेमबहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालासहितका अधिकारीसँगको भेटमा नेपालका लागि इजरायली राजदूत हनान गोडरले कृषि प्रशिक्षार्थी पठाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सङ्घले विज्ञप्ति जारी गर्दै नेपाली साना किसानको जीवन रूपान्तरणका लागि कृषि र पशुपालनमा आधारित प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रूपान्तरणमा ठूलो सहयोग हुने विश्वास व्यक्त गरेको छ। गोरखापत्रमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०९ फागुन २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबननमा इजरायलको आक्रमण, मारिए हिजबुल्लाहका कमान्डर
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
गाजामा इजरायलको पुन: घातक आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा