काठमाडौं । इजरायलले नेपालबाट साना किसान, कृषि सहकारी संस्थाका सदस्यका छोराछोरीलाई कृषि अध्ययनका लागि लैजाने प्रतिबद्धता जनाएको छ।
साना किसान लघुवित्त वित्तीय संस्था तथा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेमबहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालासहितका अधिकारीसँगको भेटमा नेपालका लागि इजरायली राजदूत हनान गोडरले कृषि प्रशिक्षार्थी पठाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सङ्घले विज्ञप्ति जारी गर्दै नेपाली साना किसानको जीवन रूपान्तरणका लागि कृषि र पशुपालनमा आधारित प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रूपान्तरणमा ठूलो सहयोग हुने विश्वास व्यक्त गरेको छ। गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०९ फागुन २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का