देउवालाई कमजोर बनाउने रणनीति सुरु

पत्रपत्रिकाबाट

मंगलबार, २५ बैशाख २०७५, ०७ : ५५
देउवालाई कमजोर बनाउने रणनीति सुरु

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रत असहमत रहँदै आएको असन्तुष्ट नेताहरुले संस्थापनलाई कमजोर बनाउने रणनीति तयार पर्ने थालका छन् ।

१३औं महाधिवेशनपछि कांग्रेसमा देखिएका तीनवटा गुटलाई महासमिति बैठकअघि नै दुईमा झारी सभापतिलाई गलाउने तयारी भएको हो ।

यसका लागि संस्थापन इतरका नेताहरु सक्रिय भएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अप्रत्याशित परिणाम प्राप्त गरेपछि कांग्रेसभित्र गुट व्यवस्थापन गर्न नेताहरुलाई दबाब बढ्दै आएको छ ।

गुटलाई मिलाएरै भए पनि संस्थापनलाई कमजोर बनाउने र महासमितिबाट सभापतिमाथि दबाब सिर्जना गर्ने रणनीतिअनुरुप वरिष्ठ नता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह छलफलमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस