महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग बाणिज्य संद्यलाई फर्निचर प्रदान

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, १४ : १२
महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग बाणिज्य संद्यलाई फर्निचर प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा , एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदैँ महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बिच फर्निचर हस्तान्तरण गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको कुरा बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताए । 

उक्त फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै कैलारी गाउँपालीका अध्यक्षले बैंकले  उत्कृष्ट वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्थानियहरुको आर्थिक उत्थानमा सहयोग पु¥याइरहेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे । 

उक्त कार्यक्रमा स्थानियबासी, स्थानिय जनप्रतिनिधी,  कर्मचारी, उद्योगी , व्यापारीहरुको उल्लेख्य सहभागीता रहेको थियो । आगामी दिनहरुमा पनी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।