एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, ११ : ५५
एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा एम्बुलेन्सको ठक्करबाट बुधबार साइकलयात्रीको मृत्यु भएको छ । गौशाला नगरपालिका–११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको हो ।

गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको स१च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ । बुधबार बेलुका करिब पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई एम्बुलेन्ससहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस