सर्लाही । सर्लाही प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल-भारत सीमास्थित मलंगवा नगरपालिका-८, बाट चेक जाचँका क्रममा लागूऔषधसहित प्रहरीले हरिपुर नगरपालिका–६, का २० वर्षीय रवीकुमार साहलाई पक्राउ गरेको हो ।
साह लागूऔषध लिएर अटोमा नेपालतर्फ आउँदै थिए । शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बामद भएकोे जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।
प्रहरीका अनुसार साहको साथबाट नाईट्राभेट ट्याब्लेट ३० पत्ता (९०० वटा), एक बोटल कफरेक्स र एक बोटल डाईलक्स–डिसी बरामद भएको हो । पक्राउ परेका साहविरुद्ध कारबाही अगाडि बढाइको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ