शहीद स्मारक 'बी' डिभिजन खेल यसै महिनामा हुने

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, १५ : ५४
शहीद स्मारक 'बी' डिभिजन खेल यसै महिनामा हुने

काठमाडौँ । सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन तेस्रो सातादेखि सुरुआत हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरुआत हुने जनाएको छ । बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहनेछ जसमा झम्सिखेल युथ क्लब, सामाजिक युवा क्लब, बाँसबारी क्लब, खुमलटार युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, नयाँबस्ती युवा क्लब र छुरच वोइज युनाइटेड क्लब छन् । 

त्यसैगरी टुसाल युवा क्लब, श्री कुमारी क्लब, ब्वाइज युनियन क्लब, रानीपोखरी कर्नर टिम, सरस्वती युवा क्लब, मध्यपुर युथ एशोसियसन र श्री भगवती क्लब सहभागी छन् । सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष स्थान हासिल गर्ने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।

लिगको उद्घाटन खेलमा तीन वटा खेल हुनेछन् । जसमा पहिलो खेल झम्सिखेल युथ क्लब र श्री भगवती क्लवबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युवा क्लब तथा तेस्रो खेलमा वीरगञ्ज युनाइटेड र बोइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस