महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी बचत बृद्दि खाता सार्वजनिक

मात्र रु. ५१ मै खाता खोली ८.५५ प्रतिशत व्याज पाईने

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, १२ : २१
महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी बचत बृद्दि खाता सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना महालक्ष्मी बचत बृद्दि खाता सार्वजनिक गरेको छ । मात्र रु. ५१ मै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत बृद्दि  खाता’ मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । 

यस योजना अन्तगर्त खाता खोलेका ग्राहकहरुको रु पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिएको छ । यस आकर्षक बचत योजना अन्तर्गत खाता खालेका ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा,निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्नेछन । 

विगत देखिनै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्द रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत बृद्दि खाता संचालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।