काठमाडौं उपत्यकाबाट २४ जना बन्दकर्ता पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०४ फागुन २०७८, ०८ : १२
काठमाडौं उपत्यकाबाट २४ जना बन्दकर्ता पक्राउ

काठमाडौं । जबरजस्ती बन्द गराउँदै हिँड्ने २५ बन्दकर्तालाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका अनुसार एमसीसीको बिरोधमा बन्द गराउन निस्केका उनीहरु पक्राउ परेका हुन् । 

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका हुन् । बन्दलाई मथ्थर गर्न प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रतिक्रिया दिनुहोस