टी–ट्वान्टी क्रिकेट सिरिज : नेपाल युएईसँग पराजित हुनुको कारण

सफल खबर संवाददाता

शनिबार, २९ माघ २०७८, १९ : ५०
टी–ट्वान्टी क्रिकेट सिरिज : नेपाल युएईसँग पराजित हुनुको कारण

काठमाडौँ । चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल युएईसँग पराजित भएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको हो।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो। उसका लागि चिराग सुरीले ८४, रोहन मुस्तफाले ४९, मोहम्मद वासिमले २२, बसिम अहमदले १७ र मोहम्मद बुटाले १४ रन बनाए।

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाब आलमले एक–एक विकेट लिए। १९३ रनको लक्ष्य लिएर जवाफी व्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६७ रन मात्रै जोड्न सक्यो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ शेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ शेखले ११ र शरद भेषवाकरले १० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। शुक्रबार भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस