सरकारले गर्यो थप ३२ जना सहसचिवको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, १५ : ३०
सरकारले गर्यो थप ३२ जना सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । सरकारले थप ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै ३२ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो ।

शुक्रवार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको सरुवा गरेको हो ।केहि दिन अघि मात्रै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै २९ जना सहसचिवको सरुवा गरेको थियो ।

उक्त निर्णय भने आधिकारीक रुपमा मन्त्रालयले अहिलेसम्म सार्वजनिक गरेको छैन ।