दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निजी डेरीहरूको घोषणा

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, १३ : ३०
दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निजी डेरीहरूको घोषणा

काठमाडौं । निजी क्षेत्रका दुध बिक्री गर्ने उद्योग (डेरी)हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् ।

शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो ।सरकारी स्वमित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्वीकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ थियो । अब पाँच सय एमएलको एक प्याकेटको खुद्रा बिक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ।


 

प्रतिक्रिया दिनुहोस