काभ्रे । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस–६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल रहेका छन् ।
उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिनुभयो । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको विसं २०५८ पुस १६ गतेको फैसलाले नेपाललाई एक वर्ष छ महिना कैद सजाय तोकेको थियो ।
जिल्ला अदालतको बुधबार २६ गतेको आदेशले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार नै कारागार कार्यालय चौतारा चलान गरेको प्रनाउ बस्नेतले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २७ माघ २०७८, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ
जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
पशुपति आर्यघाटमा शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ
बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ