काभ्रे । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई २० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला साविक कुविण्डे गाविस–६ का हाल चौतारा साँगाचोकगढी नगरपालिका–४ बस्ने ५० वर्षीय चोपनाथ नेपाल रहेका छन् ।
उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिनुभयो । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको विसं २०५८ पुस १६ गतेको फैसलाले नेपाललाई एक वर्ष छ महिना कैद सजाय तोकेको थियो ।
जिल्ला अदालतको बुधबार २६ गतेको आदेशले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार नै कारागार कार्यालय चौतारा चलान गरेको प्रनाउ बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २७ माघ २०७८, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ