प्रथम कर्पोरेट इन्डोर क्रिकेट लिग फागुन १८ देखि हुने

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, १६ : ०७
प्रथम कर्पोरेट इन्डोर क्रिकेट लिग फागुन १८ देखि हुने

काठमाडौं । हिमालयन स्पोर्टस म्यानेजमेन्टको आयोजनामा ‘प्रथम इन्डोर कर्पोरेट लिग’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले फागुन १८ देखि प्रतियोगिता ललितपुरको हात्तिवनस्थित हिमालयन क्रिकेट एकेडेमीको इन्डोरमा सञ्चालन हुने जानकारी दिएको छ । फाइनल २१ गते हुनेछ ।

चार दिनसम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । नकआउट आधारमा हुने प्रतियोगितामा कुल २७ खेल हुनेछन् । आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउन इच्छुक टोलीले ४० हजार दर्ता शुल्क तिर्नुपर्ने छ ।

आयोजकले प्रतियोगिताको पुरस्कार राशी भने सार्वजनिक गरेको छैन । टि-१० फर्म्याटमा खेलाइने प्रतियोगिताको प्रत्येक टोलीले आठ पहिलो रोजाई र दुई वैकल्पिक गरी १० खेलाडी राख्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस