चन्द्र गुरुङ र उद्धव पौडेलले पनि छोडे राप्रपा

रासस

बुधबार, २६ माघ २०७८, १३ : १९
चन्द्र गुरुङ र उद्धव पौडेलले पनि छोडे  राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल थापा अलग भएसँगै उनका पक्षधर नेताहरूले पनि पार्टी परित्याग गर्ने क्रम सुरू भएको छ ।

संस्थापक नेताद्वय चन्द्र गुरुङ र उद्धव पौडेलले पनि राप्रपा छोडेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनीहरूले कुनै कारण नखुलाइ पार्टी त्याग गरेको घोषणा गरेका हुन् ।

गुरुङलले लेखेका छन्, ‘राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु । सबैको जय होस् ।’पौडेलले राप्रपा छोड्दा दुस्खी र भावुक बनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस