काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जामा मंगलबार बेलुकी मोटरसाईकल र बोलेरो जिप आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाईकल चालक पोखरा महानगरपालिका–५ प्रस्याङ धारापानीका २६ वर्षीय दिपक नेपाली रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्थित मणिपाल अस्पतालमा मंगलबार राती पौने १० बजे मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मोटरसाईकलमा पछाडि सवार गुल्मीका २२ वर्षीय सुनिल नेपालीको पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार भईरहेको छ । ग १ ज ५०५६ नम्बरको जिपले नेपालीद्धय सवार ग ६ प ८८०२ नम्बरको मोटरसाईकललाई मंगलबार राती ९ बजे ठक्कर दिएको थियो । ठक्कर दिने जिप सहित चालक वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ माघ २०७८, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते