बेलायतबाट थप आठ लाख ६२ हजार ८० मात्रा एस्ट्रजेनिका खोप नेपाल आइपुग्यो

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, १६ : ०७
बेलायतबाट थप आठ लाख ६२ हजार ८० मात्रा एस्ट्रजेनिका खोप नेपाल आइपुग्यो

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप आठ लाख ६२ हजार ८० मात्रा एस्ट्रजेनिका खोप आइपुगेको छ । बेलायत सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत सोमबार थप  एस्ट्राजेनिका खोप आइपुगेको सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्रले चौरसियाले बताए । 

बेलायत सरकारको सहयोगमा  कोभ्याक्समार्फत आउने २१ लाख ७४ हजार १६० मात्रा  खोपमध्ये आज आठ लाख ६२ हजार ८० मात्रा खोप आइपुगेको प्रमुख डा. चौरसियाको भनाइ छ ।

आगामि फागुन २ गते बाँकी १३ लाख १२ हजार ८० मात्रा खोप आइपुग्ने डा. चौरसियाले बताए । नेपाल सरकारले कोरोनाविरुद्धको खोप हालसम्म खरिद र सहयोगमा चार करोड ५७ लाख आठ हजार ६४० मात्रा प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस