काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी प्रकरणमा माओवादी केन्द्रको दोहोरो भूमिका देखिएको भन्दै कटाक्ष गरेका छन् ।
ट्वीटरमार्फत उनले भित्रभित्रै एमसीसी पास गर्ने सहमति गरेर बाहिर अर्कै चरित्र प्रदर्शन गर्ने काम भएको भट्टराईको आरोप छ ।
‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद’ भट्टराईले भनेका छन्, ‘माछा देखे भित्र हात,सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन।’
उनले एमसीसी जुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्ने चेतावनी पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ माघ २०७८, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्लाई अल्झाउँदा लोकतन्त्रलाई नोक्सान पुगेको छः पूर्वप्रधानमन्त्री भट्टराई
नेसपा नयाँ शक्तिको १०औँ स्थापना दिवस मनाउँदै
नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित
इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्छः भट्टराई