एजेन्सी । क्यानडामा राजधानी ओटावा सहरबाट सुरु भएको कोभिड खोपविरोधी प्रदर्शन विस्तारै देशका विभिन्न सहरहरुमा फैलिएको छ । विरोध प्रदर्शन क्यानडाको सबैभन्दा ठूलो सहर टोरोन्टो, क्युबेक, विनिपेग, फ्रेडरिक्टनसम्म फैलिएको हो । शनिबारको प्रदर्शनमा राजधानी ओटावामा झन्डै पाँच हजार प्रदर्शनकारीको सहभागीता थियो ।
‘एउटा ठूलो कैदमा बस्नुपर्ने दबाबपूर्ण आदेशका कारण हामी सबै बिरामी र थकित छौ’, रोर्बट नाम गरेका एक प्रदर्शनकारीले रोयटर्सलाई भने ।‘उनीहरु खोप भन्ने गरेको विष हाम्रो नशामा नराखी हामी सामान्य अवस्थामा फर्किन चाहन्छौ,’ उनले भने । क्यानडाबाट अमेरिका प्रवेश गर्ने सीमामा सरकारले ल्याएको अनिवार्य खोपको प्रावधानविरुद्ध एक साताअघि ट्रक चालकहरुले ट्रक तेर्साएर विरोध गरेका थिए ।
सो प्रदर्शन सार्वजनिक स्वास्थ्य मापदन्ड र प्रधानमन्त्री जस्ट्रिन टु«डोको सरकारविरुद्ध ‘जमघट विन्दु’ को रुपमा रुपान्तरण भएको छ । कोभिडसम्बन्धी अधिकांश मापदन्ड प्रान्तीय सरकारले कार्यान्वयनमा ल्याएको हो ।
लगातार आठौं दिन प्रदर्शनकारीले ओटावाको मुख्य बजार बन्द गरेका छन् । सुसंगठित अवरोधलाई अमेरिकाका सहानुभूतिकर्ताहरुले सहयोग गरेको क्यानडा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २३ माघ २०७८, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडामा प्रहरी अधिकारीमाथि छुरा प्रहार
नेपाल ए र क्यानडा-११ बीचको निर्णायक खेल आज
नेपाल र क्यानडा-११ बिचको दोस्रो खेल आज
नेपाल ‘ए’ टीम पहिलो खेलमा क्यानडासँग ४ विकेटले पराजित
नेपाल एले क्यानडालाई दियो २१७ रनको लक्ष्य
क्यानडाविरुद्ध नेपाल ए टीमको ३ विकेट पतन