राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण(तस्बिर)

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, १२ : ५६
राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण(तस्बिर)

काठमाडौं । वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गरेकी छिन । 

आईतबार वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति भण्डारीले काठमाडौंका वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्त श्रवण गरेकी हुन । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी भएका थिए । विशेष गरेर आज सरस्वती पूजाको दिनमा हनुमानढोका दरबारस्थित नासाल चोकमा राष्ट्रप्रमुखलाई वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालोदेखिनै गर्दै आएको पाइन्छ । वसन्त श्रवणको अवसरमा राष्ट्रपति भण्डारीले देवी सरस्वतीको पूजा आराधना समेत गरेकी छिन ।

वसन्त पञ्चमीको दिनमा वसन्त श्रवण गरेमा मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने शास्त्रोक्त कथन छ । वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु शुरुवात भएको मानिन्छ भने यस दिनबाट नै संसारको स्वरुपले नै नयाँ रुप लिने विश्वास रही आएको छ ।

  

प्रतिक्रिया दिनुहोस