काठमाडौं । भुक्तानी प्रणालीलाई झन्झटमुक्त र पहुँच पुर्याउन नेपाल राष्ट्र बैंकले अन्तरआबद्धता (इन्टरअपरेबिलिटी) को व्यवस्था गरेको छ। भुक्तानी प्रणाली अन्तरआबद्धता भन्नाले एउटा संस्थाको वालेट, क्यूआर कोडजस्ता सबैखाले उपकरण (साना भुक्तानी प्रणाली) अर्को संस्थाका ग्राहकले प्रयोग भुक्तानी गर्न पाउनु हो।
यसअघि जुन संस्थाको ग्राहक हो त्यसले मात्रै प्रयोग गर्न पाउँथे। अब सबैखाले वालेट प्रयोगकर्ताले प्रयोग गरी भुक्तानी गर्न पाउने भएका छन्। राष्ट्र बैंकले शुक्रबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकमा हालसम्म भुक्तानी सेवा प्रदायकअन्तर्गत ई–सेवा, खल्ती, आईएमई–पे जस्ता २७ वटा संस्था दर्ता छन्।
साथै १० वटा वटा भुक्तानी प्रणाली सञ्चालक छन्। अब कुनै एक वालेट तथा एप्सका प्रयोगकर्ताले अन्य वालेटमा समेत कारोबार गर्न पाउँछन्। यसका लागि सो वालेट कम्पनीले अन्तरआबद्धताको व्यवस्था गर्नु पर्नेछ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ माघ २०७८, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी
राष्ट्र बैंकको प्रतिवेदन- घरजग्गा कारोबारमा सुधारको संकेत, मौसमी उतारचढाव
राष्ट्र बैंकले वित्तीय प्रणालीबाट सवा खर्ब खिच्दै
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
१४ माइक्रोफाइनान्स राष्ट्र बैंकको कारबाहीमा