भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

एजेन्सी

शुक्रबार, २१ माघ २०७८, ११ : ४३
भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा एक १ लाख ४९ हजार ३९४ कोरोनाभाइरस संक्रमित थपिएका छन् । बिहीवारको तुलनामा संक्रमित हुनेको दरमा १३ प्रतिशतले कमी आएको छ ।

आज सार्वजनिक गरिएको तथ्यांक अनुसार यसै अवधिमा कोरोना संक्रमणको कारण १ हजार ७२ जनाले ज्यान गुमाएका छन् भने २ लाख ४६ हजार ६७४ जना संक्रमण मुक्त भएका छन् ।

यससँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको कुल संख्या पाँच लाख नाघेको छ । हाल देशमा १४ लाख ३५ हजार ५६९ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ ।

भारतमा पछिल्लो १० दिन यता सक्रिय संक्रमितको संख्यामा गिरावट आएको छ । दैनिक संक्रमणदर ९।२७ प्रतिशत छ । कुल १ अर्ब ६८ करोडभन्दा बढीले खोप लागाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस