जलेश्वर । हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । गए राति हुलाकी सडकखण्डको सम्सीबाट रघुनाथपुर जाँदै गरेको ज१च ११६४ नंको पिकअपले सोनमा–३ स्थित सडकमा विपरीत दिशाबाट साइकलमा आउँदै गरेको वीरेन्द्रलाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो ।
पिकअपले ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घटनापश्चात पिकअपका चालक फरार छन् भने मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ माघ २०७८, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते