दार्चुला । सुदूरपश्चिमको बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला र डोटीलगायत जिल्लाका उच्च क्षेत्रमा बुधबार रातिदेखि हिमपात सुरु भएको छ । हिउँ परेसँगै लेकाली क्षेत्रमा अत्याधिक चिसो बढेको छ । हिमपातले एक्कासी बढेको चिसोले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।
विशेषगरी दार्चुलाका विभिन्न क्षेत्रमा रातिदेखि नै हिमपात सुरु भएपछि जनजीवन कस्टकर बनेको छ । दार्चुलाका उच्च हिमाली क्षेत्र ब्यास, नौगाड, अपी हिमाल, न्वालपानी, दल्लेखलगायतका क्षेत्रमा हिमपात भएको मालिकार्जुन गाउँपालिका–२ का स्थानीय धनसिंह धामीले बताए ।
त्यस्तै, ब्यास गाउँपालिका–३ को सीना तुसरपानी, वडा–२ को राप्ला, दुम्लिङ, वडा–४ को सुन्सेरा, डोकट, वडा–५ को धौलाकोट, वडा–६ को हुतीलगायतका बस्तीहरूमा हिउँ परेको ब्यास गाउँपालिकाका स्थानीय पदमराज भट्टले बताए ।
उनका अनुसार कालापानी नजिकको क्षेत्र वडा–१ छाङरु र तिंकरमा भारी हिमपात भएको छ । हिउँले खानेपानीका पाइपहरू जाम भएका छन् भने शौचालय जानसमेत समस्या भएको छ । हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ माघ २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा आज पनि भारी हिमपात
गोरखामा हिमपात, मनास्लु भ्रमणमा गएका पर्यटक प्रभावित
हिमपातले न्यालु सडक बन्द
हुम्लाको उच्च भेगमा हिमपात, वर्षाले उडान अवरुद्ध
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
चैतमा भएको हिमपात र वर्षाले किसानलाई राहत