सर्लाही । सर्लाही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
मलंगवा-नवलपुर सडक अन्तर्गत कविलासी नगरपालिका-८, मा चेकजाँचका क्रममा आइतबार राति लालबन्दी नगरपालिका-८, का अख्तर हुसैन र कार चालक ईश्वरपुर नगरपालिका-६, का अशोक लामा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीका अनुसार एचआर २६बिपि १८७६ नम्बरको कारमा सवार उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् । डाइलेक्स डिसी १०० एम एल ११ बोटल, नोफिन फेनेरागन ११ एम्पुल र हाई(टिच ईन्जेक्सन ३ पिस बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ माघ २०७८, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित दुई जना पक्राउ
रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ