खोपको विरोधमा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन, ट्रक तेर्साएर संसद भवन घेराउ

एजेन्सी

सोमबार, १७ माघ २०७८, ०९ : २०
खोपको विरोधमा क्यानडामा दोस्रो दिन पनि प्रदर्शन, ट्रक तेर्साएर संसद भवन घेराउ

एजेन्सी । अमेरिकी सीमा पार गर्न कोभिड खोप अनिवार्य बनाइएपछि त्यसको विरोधमा ट्रक ड्राइभरले गरेको प्रदर्शनमा क्यानडा दोस्रो दिन पनि ठप्प छ । फ्रिडम कन्भोय नाम दिइएको सो प्रदर्शनमा देशका विभिन्न स्थानबाट आएका ट्रक ड्राइभरले ट्रक तेर्साएर विरोध गर्दा राजधानी ठप्प भएको हो । प्रदर्शनमा हजारौंको सहभागीता छ । 

प्रदर्शनकारीहरुले अभद्र व्यवहार गरेको र ट्रक ड्राइभरहरुको आन्दोलन अराजक बन्दै गएको प्रहरीले जनाएको छ । एक अज्ञता सैनिकको चिहानमाथि महिला नाच्दै गरेको भिडियोबारे प्रहीले अनुसन्धान सुरु गरेको छ । रक्षामन्त्री अनिता आनन्दले ती घटना ‘निन्दनीय’ भएको बीबीसीले जनाएको छ । राजधानी सहरमा स्मारक तोडफोड गरेको विषयमा ओटावा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

ट्रक चालकहरुले संसद भवन वरपर ट्रक तेर्साएर राखेका छन् । केही प्रदर्शनकारीले रेस्टुरेन्टका कर्मचारीलाई दुव्र्यवहार गरेको जनाएका छन् । कर्मचारीले रेस्टुरेन्टभित्र मास्क लगाउनुपर्ने बताएपछि प्रदर्शनकारीले दुव्र्यवहार गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । 

ड्राइभरको प्रदर्शन चर्किएपछि शनिबार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको परिवार सुरक्षाको कारण दर्शाउदै गोप्य स्थलतर्फ भागेको थियो । क्यानडा सीमा पार गर्ने  १ लाख २० हजार ट्रक चालकमध्ये ९० प्रतिशतले खोप लगाइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस