काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको प्रधानमन्त्री कि विदेशीको भन्दै गम्भीर प्रश्न तेर्स्याएका छन्।
एमसीसी अनुमोदन गर्नुहुँदैन भन्ने जनताको दवावलाई वेवास्ता गरेर विदेशीसामु घुँडा टेकेको रावलको आरोप छ।
एमसीसी पास नभए गठबन्धन भंग गर्ने प्रधानमन्त्रीको चेतावनी आएको समाचार सार्वजनिक भएपछि रावलले प्रधानमन्त्री देउवाले जनतालाई जवाफ दिनुपर्ने बताएका छन्।
‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे’ रावलले ट्विट गरेका छन्, ‘एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीकोरु जनतालाई जवाफ दिनुहोस्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ माघ २०७८, २१ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : भीम रावल
प्रधानमन्त्रीलाई पदमा बस्ने अधिकार छैन : भीम रावल
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने