काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको प्रधानमन्त्री कि विदेशीको भन्दै गम्भीर प्रश्न तेर्स्याएका छन्।
एमसीसी अनुमोदन गर्नुहुँदैन भन्ने जनताको दवावलाई वेवास्ता गरेर विदेशीसामु घुँडा टेकेको रावलको आरोप छ।
एमसीसी पास नभए गठबन्धन भंग गर्ने प्रधानमन्त्रीको चेतावनी आएको समाचार सार्वजनिक भएपछि रावलले प्रधानमन्त्री देउवाले जनतालाई जवाफ दिनुपर्ने बताएका छन्।
‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे’ रावलले ट्विट गरेका छन्, ‘एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीकोरु जनतालाई जवाफ दिनुहोस्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ माघ २०७८, २१ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?