काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा २४ जना मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम उपाध्यक्ष महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री पदमा २४ जनालाई मनोनित गरेका हुन् ।
जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित भएका छन् भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित भएका छन् । यस्तै प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित हुँदा सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनित भएका छन् ।
यस्तै सह महामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुँदा सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राइ मनोनित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ माघ २०७८, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ: राजेन्द्र लिङ्देन
राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्याई हामी छुट्दैनौं : राजेन्द्र लिङ्देन
रवीन्द्र मिश्रलाई भेट्न पुगे राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन ( पूर्णपाठ)
राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन: राजेन्द्र लिङ्देन
सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन