बाजुरा अस्पतालमा शववाहन र एम्बुलेन्स सञ्चालनमा

सफल खबर संवाददाता

आइतबार, १६ माघ २०७८, ०८ : ५९
बाजुरा अस्पतालमा शववाहन र एम्बुलेन्स सञ्चालनमा

बाजुरा । जिल्ला अस्पताल बाजुराले शववाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

जिल्ला अस्पतालले सञ्चालन स्वामित्व आफैमा रहने गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको डाक्टर प्रकाशराज जैशीले बताए ।

भन्सारमा लाग्ने कर छुट गरेर १० लाख लागतमा खरिद गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको अस्पतालले उनले बताए ।

शववाहन र एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष ०७६र७७ मै बजेट विनियोजन भए पनि खरिद गर्न सकिएको थिएन ।  हाल फेरि बजेट आएपछि खरिद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस