काठमाडौं । महिलाको नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएको आरोपमा कास्की रुपा गाउँपालिका–७ सिस्नेरी का ३१ वर्षीय मुक्ति खनाल भन्ने मुक्तिनाथ खनाल पक्राउ परेका छन् ।
वैदेशिक रोजगारबाट फर्कने क्रममा उनलाई शुक्रबार महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय एयरपोर्टको समन्वयमा साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत ललाइफकाई, धाक-धम्की डर त्रास र प्रलोभनमा पारेर पीडित महिलाको लिएको नग्न तस्बिर र भिडियो सार्वजनिक गरी दिने भनि धम्की दिएको आरोपमा उनलाई पक्राउ गरेको हो ।
उनीमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनलाई शुक्रबार विमानस्थलबाट पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ माघ २०७८, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ