काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक स्थलमा अरुको मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क) गर्नेमाथि कारबाहीको चेतावनी दिएको छ ।
मजाक र ख्यालठट्टाको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने क्रियाकलाप गरी त्यसको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने पाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न सचेत गराएको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा अनुमति बिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराउँदै त्यसो गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक