पुर्व प्रधानमन्त्री प्रचण्डको नजर नारायणी नदी व्यवस्थापनमा

प्रचण्डले गराए ५ अर्ब ५७ लाखको खरिद गुरुयोजना स्विकृत

प्रकाश सिग्देल

बुधबार, १२ माघ २०७८, १३ : ५६
पुर्व प्रधानमन्त्री प्रचण्डको नजर नारायणी नदी व्यवस्थापनमा

file-photo

चितवन । पुर्व प्रधानमन्त्री  तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा नारायणी नदी तटबन्धका लागि ५ अर्ब ५७ लाख को खरिद गुरुयोजना स्विकृत भएको छ ।

नारायणी नदी व्यवस्थापनका लागि यस अघि बनेको २३ अर्ब ५८ करोड ४३ लाख ७० हजार २३६ रुपैयाको पुर्ण डिपिआर अन्र्तगतको प्रथम चरणको ५ वर्षे योजनामा परेको ५ अरब ५७ लाख को खरिद गुरुयोजना स्विकृत भई लागत अनुमान अपडेट गर्ने काम भईराखेको छ ।

यो बजेटबाट चितवन तर्फ ४ वटा र नवलपुर तर्फ ५ वटा गरी ९ वटा प्याकेजमा काम हुने छ ।जहाँ चितवन तर्फको पहिलो चरणको ५ किलो मिटर ६७२ मिटरको कामका लागि मंगलवार ठेक्का समेत खुलिसकेको छ ।

उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयले (मंगलबार) नदीमा पहिलो खण्डको तटबन्धका लागि टेन्डर आह्वान गरेको हो ।फाल्गुन १३ गते भित्र मन्त्रालयमा बोलपत्र बुझाउँन सूचनामा भनिएको छ । बोलपत्रमा सम्झौता अवधि २४ महिना तथा जमानत रकम एक करोड ८९ लाख ३२ हजार तोकिएको छ ।

भरतपुर २६ र २७ को शिसही, भगेडी र बलुवा क्षेत्रको लागि पहिलो खण्डमा टेन्डर आह्वान भएको नारायणी नदी व्यवस्थापन आयोजनाका सिनियर डिभिजनल ईन्जिनियर शिबजी शाहले बताए ।  अन्य चितवन र नलपुरको बाँकी ८ ठाउँको पनि लागत अनुमान अप्रडेट गरेर बिभागमा स्विकृत गरेर यहि आर्थिक वर्ष भित्र टेन्डर आह्वान हुनेछ । यो पन्च वर्षीय कार्यक्रम भएको र यसबाट २५ किलोमिटर क्षेत्रमा तटबन्ध हुने उनि बताउँछन् । त्यसपछि बाकि गुरुयोजनाको काम अगाडी बढ्ने शाहले बताए ।

डुवान र कटानको समस्या अब पुर्ण रुपमा समाधान हुन्छ : मेयर दाहाल

वषौ वर्ष देखिको चितवन र नवलपुरबासीको डुवान र कटानको समस्या अब समाधान हुने भरतपुर महानगर प्रमुख रेनु दाहालले बताईन् । नदी नियन्त्रणका लागि ठुलो रकम स्विकृत भएर टेन्डर समेत भएको र बाकि कामको पनि टेन्डर आवहन हुने भएकाले यसले पश्चिम चितवनबासी र समग्र चितवनको विकासमा धेरै टेवा पुग्ने दाहालको भनाई छ ।

अध्यक्ष प्रचण्डले आफ्नो क्षेत्र मात्र नहेरी नदी नियन्त्रणको लागि जोड बल गरी चितवन र नवलपुर दुबै क्षेत्रलाई ध्यानमा राखेर राष्ट्रको अभिभावकको भुमिका निर्वाह गर्नुभएको दाहालले बताईन् ।

प्रचण्डको जोड बलले काम भयो: प्रमुख प्रशासकीय अधिकृत सुवेदी

भरतपुर महानगरको पहलमा पुर्व प्रधानमन्त्री  प्रचण्डको जोड बलले संघीय सरकारको उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयले टेन्डर आह्वान गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले जानकारी दिए ।यसले महानगरको विकास संगै नदी संरक्षणमा महत्वपुर्ण टेवा पुग्ने सुवेदिको भनाई छ ।

कस्तो बन्छ तटबन्ध

माथि ५ मिटर बाटो रहने गरि नदी किनारमा तटबन्ध हुने नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ ।  जमिनको सतहबाट ठाउँ हेरिकन ३ देखि ४ मिटर सम्म उचाई सम्म तटबन्धको उचाई हुने छ भने लन्चिङ र स्लोप ९ मिटर सम्म लामो हुने छ । लन्चिङको भाग ठुलो ढुगां हालेर जालि भरेर र कहि कंक्रिटको बनाईने आयोजनाले जनाएको छ ।तटबन्धको जमिनको भागमा बृक्षारोपण हुने छ भने नदी तर्फको भागमा जालिमा ढुगांभरेर स्लोप आकारमा छोडिने छ ।

कयर खोलाका लागि २३ करोड

पुर्वी चितवनको कयर खोलामा तटबन्धका लागि पनि २३ करोड २२ लाख बजेटको स्रोत सहमती आएको छ ।पुर्व पश्चिम राजमार्गमा रहेको कयर खोलाको तल र माथी दुबै तर्फ दुई किलोमिटर तटबन्ध गर्ने गरी बजेटको स्रोत आएको र अब केहि दिनमा टेन्डर आवहान हुने नारायणी नदी व्यवस्थापन आयोजनाका सिनियर डिभिजनल ईन्जिनियर  दिनेश पौडेलले बताए । यसमा पनि छिटै काम हुने उनको भनाई छ ।

रिउ ​खोलामा १० करोड

त्यस्तै माडीको रिउ र साखा खोलाका लागि पनि १० करोड बजेटको स्रोत सुनिश्चिताको क्रममा रहेको आयोजनाले जनाएको छ । २० करोड माग भएकोमा १० करोडको आश्वासन पाएको आयोजनाले जनाएको छ ।  

 

 

प्रतिक्रिया दिनुहोस