सेनेगल र मोरोक्को क्वाटरफाइनलमा

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १२ : ०४
सेनेगल र मोरोक्को क्वाटरफाइनलमा

काठमाडौँ । नौ खेलाडीमा सीमित केप भर्डेलाई २-० ले पराजित गर्दै सेनेगल मंगलबार राति अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले १-१ गोल गरे । ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए ।खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिकले २१औँ मिनेट र भोजिन्हाले ५७औँ मिनेटमा रातो कार्ड सामना गरेका थिए । 

अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ ।गए राति नै भएको खेलमा विजयी हुँदै मोरोक्को अन्तिम आठमा प्रवेश गरेको छ । अर्चराफ हाकिमी र युसुफले गोल गरेपछि मोरोक्कोले मालवीलाई २-१ को नतिजाले पराजित गरेको हो  । 

मालवीको लागि गबादिन्होले सान्त्वना गोल गरे । अब सेमिफाइनल प्रवेशका लागि मोरोक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस