मङ्सिरभित्र तीनै तहको निर्वाचन, चुनावसम्मै गठबन्धनः माधव नेपाल

पत्रपत्रिकाबाट

बुधबार, १२ माघ २०७८, ०७ : ५२
मङ्सिरभित्र तीनै तहको निर्वाचन, चुनावसम्मै गठबन्धनः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार   नेपालले   आगामी   मङ्सिरसम्म  तीनै  तहको  निर्वाचन  गराउने  विषयमा गठबन्धनमा  छलफल  भइरहेको  बताएका छन् ।

रामेछाप  जिल्लाका  युवालाई  मङ्गलबार नेकपा (एस) मा प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७९ चैतसम्म  स्थानीय  तहको चुनाव गराउन  सकिने भए पनि सत्ता गठबन्धनमा रहेका दलबीच  मङ्सिरभित्र  तीनै  तहको  चुनाव  गराउने  विषयमा  छलफल  भइरहेको  बताए । 

अध्यक्ष  नेपालले  निर्वाचनसम्म  नै  पाँच  दलीय  गठबन्धन  कायम  हुने  विषयमा  दलबीच  छलफल  भइरहेको  दाबी  गरे ।  स्थानीय  तहको निर्वाचन २०७९ सालको चैत महिनासम्म गर्न सकिने संवैधानिक र कानुनी सुविधा सत्ता गठबन्धनसँग रहेको उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस