थप १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ११ माघ २०७८, १६ : ५८
थप १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ ।  सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ । 

हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख २७ हजार ८८० र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १७ हजार ७५४ जना पुगेको छ । संक्रमितमध्ये ८ लाख २७ हजार २७९ जना निको भएका छन् भने ११ हजार ३३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस