‘सरकारले कोरोनासँग आत्मसमर्पण गरिसक्यो’

सफल खबर संवाददाता

मंगलबार, ११ माघ २०७८, ०८ : २०
‘सरकारले कोरोनासँग आत्मसमर्पण गरिसक्यो’

काठमाडौं । एमाले नेता योगेश कुमार भट्टराईले सरकारले कोरोनासँग आत्मसमर्पण गरिसकेको टिप्पणी गरेका छन् । उनले सरकारबाट केही आशा गर्न नसकिने दाबी गर्दै सबैले आफू बच्न र अरुलाई बचाउनतिर लाग्नुपर्ने धारणा समेत राखेका छन् । 

‘अवस्था सरकारको काबु बाहिर, सरकारले कोरोनासँग आत्मसमर्पण गरिसक्यो । आफू बचौ र अरुलाई पनि बचाऔ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनले बजारमा सीटामोल नभएको, स्वास्थ्यकर्मी संक्रमित भएपछि अस्पातल बन्द  भएको, सिरिन्ज अभाव भएको अवस्था देखाउँदै अवस्था भयावह भएको जिकिर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस