नाइजेरियालाई पराजित गर्दै ट्युनिसिया क्वाटरफाइनलमा

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, १२ : २७
नाइजेरियालाई पराजित गर्दै ट्युनिसिया क्वाटरफाइनलमा

काठमाडौं । नाइजेरियालाई पराजित गर्दै ट्युनिसिया अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा नाइजेरियालाई १–० ले पराजित गर्दै ट्युनिसिया क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

ट्युनिसियाका लागि युसुफ एमसाक्नीले निर्णायक गोल गरे । खेलको ४७ औं मिनेटमा एमसाक्नीले गोल गरे । खेलको ६६ औं मिनेटमा एलेक्स इवोबीले रातो कार्ड पाएपछि नाइजेरिया १० खेलाडीमा समेटिएको थियो ।

अब नाइजेरियाले अन्तिम आठमा बुर्किना फासोसँग खेल्नेछ । अर्को प्रिक्वाटरफाइनलमा बुर्किनाले गाबोनलाई पेनाल्टी सुटआउटमा ७–६ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस