कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०९ माघ २०७८, १६ : १९
कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

धनगढी । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।

उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।