काठमाडौँ । आज बिहान कोटेश्वर पेरिसडाँडास्थित मुख्यालयमा बसेको नेकपा माओवादी केन्द्रको बैठकले विशेषगरी आगामी स्थानीय, प्रदेश र संघको निर्वाचन सम्बन्धमा छलफल र निर्णय गरेको छ । सरकारमा आवद्ध पाँचदलीय गठबन्धनमा निर्वाचनबारे गहन छलफल गर्ने एजेण्डा अघि सारेपछि माओवादीले आज बिहान बैठक डाकेको हो ।
निवर्तमान स्थायी समितिको बैठकमा निर्वाचनको एजेण्डामाथि छलफल गरिएको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सकेसम्म संविधानले तोकेबमोजिम सबै तहको निर्वाचन एकैपटक गर्नेबारेमा सरकारलाई सुझाव दिने सहमति भएको हो ।
‘स्थानीय चुनाव सार्ने भन्ने नै होइन । कसले तोकेको थियो र सार्नलाई रुसार्नलाई त यसअघि मिति तय गरिएको हुनुपर्यो नि ’
बैठकमा सहभागी एक जना नेताले भने, ‘स्थानीय चुनाव सार्ने भन्ने नै होइन । कसले तोकेको थियो र सार्नलाई रु सार्नलाई त यसअघि मिति तय गरिएको हुनुपर्यो नि १ ’ उहाँका अनुसार आगामी तीनै तहको चुनावलाई मिलाएर डेट फिक्स गर्ने भन्नेमा मोटामोटी सहमति भएको छ । बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएको समयमा गर्नेमा जोड दिएको छ ।
यसअघि स्थानीय तहको निर्वाचन २०७४ को बैशाखदेखि असोजसम्म विभिन्न मितिमा भएको थियो । एउटै मितिमा निर्वाचन नभएकाले ठ्याक्कै पाँच वर्ष पुगेको मिति कुन समयलाई मान्ने भन्ने समस्या परेको देखिन्छ । अन्यत्र मुलुकमा विभिन्न मितिमा निर्वाचन गरे पनि परिणाम घोषणा एउटै मितिमा गर्ने गरिएकाले त्यस्तो अड्चन देखिँदैन । हाम्रो सन्दर्भमा भने फरक मितिमा निर्वाचन र लगत्तै परिणाम घोषणा गर्नाले पाँच वर्षको म्याद गणनामा झमेला भएको बताइन्छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय चुनाव तत्काल नगर्ने पक्षमा हुनुहुथ्यो । तर पछिल्ला दिनमा सकिन्छ भने बैशाख वा जेठमा निर्वाचन गरौं भन्न थाल्नुभएको काँग्रेसीहरुले बताएका छन् । माओवादीको आज बिहानको बैठकमा मोटामोटी एकै चरणमा निर्वाचन गरौं भन्ने लाइनमा कुरो भएको छ । सकिएन वा सम्भव भएन भने एकाध महिनाको अन्तरमा चुनाव गरौं भन्ने हिसाबले बैठकमा सहमति गरिएको स्रोतको दाबी छ । ‘पहिले संघ र प्रदेशको निर्वाचन गरौं,संविधान र कानुनलाई मिलाएर भए पनि स्थानीय तहको चुनाव गरौं,’ भन्नेमा माओवादीमा सहमति भएको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ माघ २०७८, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय
बागमती प्रदेशका सबै जिल्लामा माओवादीले तोक्यो नयाँ इन्चार्ज
माओवादी केन्द्रको जागरण अभियान स्थगित
माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड’ले बोलाए पदाधिकारी बैठक
माओवादीका दुई नेताको सरुवा, मातृकालाई नयाँ जिम्मेवारी
कांग्रेस सांसदको अवरोधमा माओवादीको नियमापत्ति