धरान । यहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । गत माघ ६ गते भर्ना भएको लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
फोक्सोमा समस्या भएर उहाँलाई बिहीबार प्रतिष्ठानमा भर्ना गरिएको थियो । बुधबार नै उहाँमा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणी पोखरेलले जानकारी दिए ।
यस्तै सिरहा नगरपालिका–१ का ८० वर्षीय पुरुषको पनि शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । आन्द्रामा समस्या भएका उहाँको पुस २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा सोही दिन भर्ना हुनुभएका ८० वर्षीय वृद्धको उपचारको क्रममा बिहीबार ११ः३५ बजे मृत्यु भएको हो ।
यस्तै महोतरीका श्रीपुर–३ का ३० वर्षीय युवकको बिहीबार राति ११ बजे उपचारको क्रममा मृत्यु भएको छ । माघ ५ गते पतिष्ठानमा भर्ना भएका ती युवकको सोही दिन कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । उनीहरूको दाहसंकारका लागि शव व्यवस्थापनको काम भइरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, १८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा हात्तीको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
बागमती नदी अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइयो
वैज्ञानिकहरुले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारे
बुद्ध जयन्तीलाई संयुक्त राष्ट्रसंघको बेवास्ता
धनुषामा युवक झुण्डिएको अवस्थामा फेला
मुग्लिङ-पोखरा सडकः पश्चिम खण्डबाट विस्तारको काम सुरु