हिमशिखरको हृयाट्रिकमा युनिकको सहज जित

सफल खबर संवाददाता

विहीबार, ०६ माघ २०७८, १७ : ०१
हिमशिखरको हृयाट्रिकमा युनिकको सहज जित

चितवन। कप्तान हिमशिखर गुरुङले हृयाट्रिक गरेपछि सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नारायणी मोटर्स युनिक क्लब बसेनीले माडी ११ लाई पराजित गरेको छ ।

आज (बिहीबार) भएको पहिलो खेलमा युनिकले माडीलाई ४-१ ले पराजित गरेको हो । युनिकको जितमा कप्तान हिमशिखरको हृयाट्रिकसँगै सुरेस मल्लले एक गोल गरे । माडीका कप्तान विज्ञान खड्का र सुमन महतोले एक-एक गोल फर्काए ।

खेलको १५ औं मिनेटमा हिमशिखरले गोल गर्दै युनिकलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा सुरेश मल्लले फ्री किकमा सुन्दर गोल गर्दै युनिललाई दोहोरो अग्रता दिलाए ।

४७ औं मिनेटमा माडीका कप्तामन विज्ञानले गोल गर्दै अग्रता छोट्याए । लगत्तै ४८ औं मिनेटमा हिमशिखरले ब्यक्तिगत दोस्रो गोल गर्दै युनिकलाई ३-१ को अग्रता दिलाए । ५३ औं मिनेटमा हिमशिखरले हृयाट्रिक गरेपछि युनिकले ४-१ को अग्रता लियो।

६४ औं मिनेटमा माडीका सुमनले गोल गरे पनि हार टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच युनिकका कप्तान हिमशिखर चुनिए ।यो जितपछि युनिक पाँच खेलबाट पाँच अंक बनाउदै तालिकाको पाचौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक बनाएको माडी तालिकाको छैटौं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस