लन्डन । बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ । बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन् ।
जसअनुसार आगामी २७ जनवरीदेखि कर्मचारीले कार्यलयमा नै गएर काम गर्नुपर्नेछ । त्यस्तै कुनै कार्यक्रममा जानुअघि कोभिड नेगेटिभ भएको पछिल्लो २४ घन्टाको रिपोर्ट पेस गर्नुपर्ने छैन् । तोकिएका निश्चित स्थानबाहेक सार्वजनिक स्थानमा फेस मास्क लगाउनुपर्ने छैन् ।
त्यसैगरी केयर होममा प्रवेश गर्न पनि केही सहज बनाइएको छ । नयाँ नियमअनुसार माध्यामिक विद्यालयलका विद्यार्थीलाई कक्षा कोठामा फेस मास्क अनिवार्य गरिनेछैन् । त्यस्तै, कोभिड पोजेटिभ भएका व्यक्ति अनिवार्य आइसोलेसनमा बस्ने प्रावधान पनि हटाइने उनले बताए । बेलायतमा औषतमा दैनिक ८२ हजारमा कोभिड संक्रमित देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ माघ २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि
नेपालमा जन्मेका सारु बेलायतको ननिटन बेडवर्थ बरोुको मेयर निर्वाचित