काठमाडौं । कोरोना कहरकै बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ ।
यस्तै हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १०६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाइ इन्धनका मूल्य प्रति किलोलिटर १०० रुपैयाँ वृद्धि गरेर ९९५ रुपैयाँ अमेरिकी डलर कायम गर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय बजारमै वृद्धि भएकाले नेपालमा पनि वृद्धि गरिएको निगमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ माघ २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
काँकरभिट्टबाट चार अर्ब ४८ करोडको पेट्रोलियम पदार्थ आयात
घट्यो पेट्रोलियम पदार्थको मूल्य