सिटामोल लगायतका औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, २० : २५
सिटामोल लगायतका औषधीको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्ने गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् । 

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँड र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलव्ध गराउने प्रवन्ध गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरुसँग पनि परामर्श गरेका थिए । 

औषधीको अभाव नहुनेगरी अघि बढ्न औषधी उत्पाकहरु तयार भएका छन् । यदि कसैले औषधीको कृतिम अभाव सृजना गरेको पाएका तत्काल कारवाही गर्नेगरी निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस