कोरोना परीक्षणको शुल्क घट्यो

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १६ : ३४
कोरोना परीक्षणको शुल्क घट्यो

काठमाडौं । सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । यसअघि यो शुल्क एक हजार थियो ।

यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क १५०० रुपैयाँ तोकिएको छ । यसअघि यो शुल्क दुई हजार थियो ।

प्रतिक्रिया दिनुहोस