क्यानडाबाट पठाएको मेलबाट चीनमा ओमिक्रोन प्रवेश गर्‍याे: चिनियाँ सञ्चार माध्यम

एजेन्सी

मंगलबार, ०४ माघ २०७८, १२ : २४
क्यानडाबाट पठाएको मेलबाट चीनमा ओमिक्रोन प्रवेश गर्‍याे: चिनियाँ सञ्चार माध्यम

बेइजिङ । बेइजिङमा हालै देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन  क्यानडाबाट पठाएको मेलमार्फत प्रवेश गरेको हुनसक्ने चिनियाँ सञ्चार माध्यमहरुले अनुमान गरेका छन् । १५ जनवरीमा बेइजिङमा एक जनामा संक्रमण देखिएको थियो । संक्रमितको आवासीय कम्पाउन्ड र कार्यक्षेत्र सील गरिएको छ ।

बेइजिङको रोग उन्मुलन तथा नियन्त्रण केन्द्रका उपनिर्देशक पाङ सिङहुओले संक्रमितले ७ जनवरीमा क्यानडाबाट एउटा पत्र प्राप्त गरेको बताएकी छिन् । ती पुरुष संक्रमणको कारण उनको ‘पोस्ट’ भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनले वाहिरबाट बारम्बार मेल प्राप्त गरेको उनले बताएका छन् । 

मेलमा सम्पर्कमा रहेका सबै कर्मचारीहरु अहिले क्वारेन्टिनमा छन् । अहिलेसम्म आठ जनाको परीक्षण नेगेटिभ आएको छ । चिनियाँ अधिकारीहरुले मेलमार्फत भाइरस निर्याता भएको दाबी गरे पनि केही अनुसन्धानकर्ताहरु भने यसबारे शंका व्यक्त गर्दै आएका छन् । भाइरस लामो समय सतहमा बाँच्न नसक्ने ती अधिकारीहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस